परिवार नियोजन संघमा नयाँ कार्यसमिती चयन

परिवार नियोजन संघमा नयाँ कार्यसमिती चयन

दैलेख । नेपाल परिवार नियोजन संघ जिल्ला कार्यसमिती दैलेखको नयाँ कार्यसमिती गठन भएको छ । दैलेख सदरमुकाममा आइतबार भएको संघको २१ औँ साधारण सभा तथा सातौँ अधिवेशनले पुर्ण बहादुर खत्रीको सभापतित्वमा १० सदस्य सहित नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितीमा देवेन्द्र बहादुर थापा, झक्क बहादुर बिष्ट, युवराज तिमिल्सेना महिला सदस्य तर्फ सिता कुमारी राना, दुर्गा श्रेष्ठ, मुन्नी मल्ल, पुष्ण्प्रभा दशौदी युवा सदस्यतर्फ पुष्पकुमारी श्रेष्ठ र लोकेश गिरी रहेका छन् ।

परिवार नियोजनका क्षेत्रमा काम गर्दै आईरहेको संघलाई अझ सुदृढ गर्दै लैजान सबैको भुमिका उत्तिकै रहेको भन्दै नयाँ कार्यसमितीका सभापति पुर्ण बहादुर खत्रीले यसैका बारेमा मानिसहरुलाई सकेको बुझाउन आवश्यक रहेको बताए । ‘परिवार नियोजन र व्यवस्थित परिवारका बिषयमा आम नागरिकहरुलाई अझै जानकारी दिन आवश्यक छ, हाम्रो मुख्य प्राथामिक्ता यसैमा हुनेछ’ खत्रीले भने ‘हामीले प्रदान गरिरहेका सेवाहरुलाई अझ मजबुद बनाउदै लैजानेछौ, जसले हामीसगँ धेरै मानिसहरुको पुहँच पुगोस् ।’ परिवार नियोजन संघ परिवार नियोजनका क्षेत्रमा मुख्य प्राथामिक्ता दिएर अन्य स्वास्थय सम्बद्ध गतिविधी पनी गर्दै आएकाले यिनलाई थप व्यवस्थित लैजान सबै सरोकारवाला निकाय र सम्बन्धित व्यक्ति लाग्नुपर्नेमा उनको जोड छ ।

यस्तै, कार्यसमितीमा सदस्य रहेकि सिता कुमारी रानाले परिवार नियोजन संघको पहुँचलाई बृद्धि गर्दै लैजाने र आम नागरिकहरुको व्यवस्थित जिवन बनाउन भुमिका निर्वाह गर्ने बिश्वास दिलाईन् । जिल्लाका बिभिन्न क्षेत्रमा एचआईभी संक्रमणका डरलाग्दा तथ्याङ्क आईरहेको कुरा स्मरण गराउदै परिवार नियोजन संघले यसलाई गम्भिरता पुर्वक लिएको उनको भनाई छ । ‘हाम्रा ग्रामिण वस्तीमा एचआईभीको संक्रमण बढेका तथ्याङ्क छन्, यसमा सबैको ध्यान जाओस् ।’ संघको पुर्व केन्द्रिय सदस्य समेत रहेकी रानाले थपिन् ‘यस्ता गम्भिर समस्यालाई स्वास्थ्य सम्बद्ध सबै निकाय तथा व्यक्तिहरुले गम्भिरतापुर्व लिन जरुरी छ ।’

प्रतिक्रिया