रुकुम पश्चिममा जीप दुर्घटना

रुकुम पश्चिममा जीप दुर्घटना

दुनै, डोल्पा : डोल्पाबाट रुकुम हुँदै जाजरकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। बुधबार बिहान करिब १० बजे रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ को मनका बगरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

रुकुम र डोल्पाको सिमाना त्रिवेणीबाट रुकुम पश्चिमको गोतामकोट जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जीप दुर्घटना भएको हो। घाइतेलाई उपचारको लागि आठबिसकोट नगरपालिका-९ स्थीत राडि बजार अस्पतालमा पठाएको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले बताए। फरार रहेका २५ वर्षीय सवारी चालक तिलक विकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा डोल्पा मुड्केचुला-७ का २३ वर्षीय राजबहादुर बुढा, १८ वर्षीय आर्यन बुढा र ठुलीभेरी नगरपालिका-५ बस्ने ५२ वर्षीय चन्द्रबहादुर रोकाया रहेका छन्। अन्य सामान्य घाइते छन्।

प्रतिक्रिया