३० वटा विद्यालयमा ई–हाजिरी

३० वटा विद्यालयमा ई–हाजिरी

हिक्मतबहादुर नेपाली
दैलेख माघ २ गते
। जिल्लाको गुराँस गाउँपालिका भित्रका ३० वटा सामुदायिक विद्यालयमा विद्युतीय ई–हाजिरी प्रणाली सुरु गरिएको छ । शैक्षिक सुधार गर्न यहाँका सामुदायिक विद्यालयमा विद्युतीय ई–हाजिरी प्रणाली सुरु गरेको बताईएको छ । नियमित हाजिरी कायम गर्दै शिक्षकहरुलाई शिक्षामा प्रतिबद्ध बनाउन भन्दै यस्तो प्रणाली सुरु गरिएको हो । गाउँपालिकाले १३ वटा माध्यामिक विद्यालयमा यस अघि नै विद्युतीय ई–हाजिरी प्रणाली लागु गरिसकेको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा विद्यालयमा विद्युतीय ई–हाजिरी प्रणाली लागु गरिएको हो । परियोजनाको ६ लाख ३० हजार रुपैयाँको लागतमा विद्युतीय ई–हाजिरी प्रणाली लागु गरिएको साेसेकका कार्यक्रम निर्देशक नवराज विसीले बताए । विद्युतीय प्रणाली कायम भएसँगै शिक्षकहरु हाजिरी र नियमित कक्षामा संवेदनशील बन्ने अपेक्षा गरिएको निर्देशक विसीको भनाई छ । अहिले शिक्षकहरुलाई दैनिक र समयमै विद्यालयमा पुगी पठन–पाठन गर्न सहज भएको उनले बताए ।
विद्युतीय हाजिरीमा शिक्षकहरु नियमित विद्यालयमा आउने, नआउने, विद्यालय बाहिर, विद्यालयको समयावधिभित्रै प्रवेश, बिदामा उपस्थित, पठनपाठनको बीचैमा गयल जस्ता विभिन्न क्रियाकलापबारे तथ्यांक रहने छ ।

प्रतिक्रिया