चोरिएको तीन वर्षपछि भेटियो चन्दननाथको मूर्ति

चोरिएको तीन वर्षपछि भेटियो चन्दननाथको मूर्ति

जुम्ला माघ ६ : प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

२०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए । 

मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए । मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो ।
 
सिआइबीको छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मूख्य मूर्ति भने भेटिएको थिएन । भेटिएको मूर्ति स्थानीयले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् । annapurnapost

प्रतिक्रिया