आठ लाख घुस सहित गाउँपालिका अध्यक्ष पक्राउ

दैलेख माघ १० आठलाख रुपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका श्रीमान पक्राउ परेका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत पक्राउ परेका हुन् । उनीहरुलाई घुस रकम सहित वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिक सुर्खेतबाट अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पक्राउ गरेको हो । वीरेन्द्रनगरमा घुस रकम लिँदै गरेका अध्यक्ष केसीलाई शुक्रबार पक्राउ गरिएको हो । अध्यक्ष केसीलाई आठलाख घुस बापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान बस्नेतमाथि थप अनुसन्धान भइरहेको अख्यियारले जनाएको छ । के काममा लागि घुस लिएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया