उद्यम बिकास समिती पुनर्गठन

उद्यम बिकास समिती पुनर्गठन

दैलेख माघ ११ । लघु उद्यम बिकास कार्यक्रमको नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको हलमा सम्पन्न भएको अभिमुखिकरण पछि दुल्लु नगरपालिका स्तरिय उद्यम बिकास समिती गठन भएको छ । नगरप्रमुखको सयोजकत्वमा प्रमुख प्रसाशकिय अधिकृत ज्ञानमणी नेपाल सदस्य, तक्माने कामी, मिना गुरुङ सदस्य, लघुउधमी समुहको प्रतिनिधि सदस्य र टिकाराम बराल सदस्य सचिब रहेको समितिको पुनर्गठन गरिएको छ । दुल्लु नगरपालिकाले ढाका बुनाइ दुल्लु–३ मा १० जना, हातेहोजियारी दुल्लु–८ मा १० जना, दुनाटपरी दुल्लु–११ मा १० जना गमला माटोका भाडा १० जना, इन्टरलग इट्टाको तालिम ५ जना, बुटिक डिजायनर ५ जना उधमी बनाउने निर्णय गरिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया