स्वास्थ्य सेवामा पहुँच बढाउन अभिमुखीकरण

स्वास्थ्य सेवामा पहुँच बढाउन अभिमुखीकरण

दैलेख : नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संघीय व्यवस्था सफल पार्न जनप्रतिनिधिहरु जनउत्तरदायी भएको बताएका छन् । यूएसआडी स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले नारायण नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि सामाजिक समावेशीकरण मूलप्रवाहीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेका हुन् । जातजाति, लैंगिक, अपांग वा पिछडिएको समुदायको क्षमता बढाएर समावेशीकरण माध्यमबाट प्राप्त उपलब्धीलाई संस्थागत र प्रभावकारिता बढ्ने बतााए । नगरप्रमुख खड्काले वर्ग विहीन समाज निर्माण गर्न गरिव र विपन्नलाई प्रत्यक्ष सुविधा पुराउन नसकिएको कारण खरको छाना हटाउएर दलितको घरमा टिनको छाना छाउने योजना ल्याएको बताए ।
नागरिकहरुलाई प्रत्यक्ष प्रभावकारी स्वास्थ्य सेवामा पहुँच बढाउने उपाय बारे स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाका प्राविधिक अधिकृतहरु रामहरी अधिकारी, निरमाया गुरुङ, भानु पोखरेल र लैंगिक मूलप्रवाहीकरण सहजकर्ता रमा भण्डारीले सहजीकरण गरेका थिए ।
स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले यसअघि दैैलेखका आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका र गुराँस गाउँपालिकामा स्वास्थ्य सेवामा पहुँच बढाउने उपायबारे अभिमुखीकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया