जीपको ठक्करबाट एक बालकको मृत्यु

जीपको ठक्करबाट एक बालकको मृत्यु

दैलेख-सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ । भैरवी गाउँपालिका-२ रावतकोटका झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हो ।

लु १ च ६२९२ नम्बरको जीपले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । जीपको ठक्करले घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । उपचारका क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया