पक्षघात पीडित सिजालीलाई सहयोग जुट्दै

पक्षघात पीडित सिजालीलाई सहयोग जुट्दै

दैलेख : आर्थिक अभावमा उपचार गर्न नसकेर बर्षौै देखि थला परेका पक्षघात (प्यारालाइसीस) पीडितको उपचारका लागि सहयोग जुट्न थालेको छ । नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली मेरुदण्डको समस्या भई प्यारालाइसिसले थला परेको समाचार यस अघि सञ्चार माध्ययममा ‘मलाई बाँच्न मन छ, उपचार गर्न सहयोग गर्नुुस’ शिर्षकमा प्रकाशित भएको थियो । पीडित सिजालीको स्वास्थ्य अवस्था बुझ्न जनप्रतिनीधि सहित सामाजिक अभियान्ताहरु उनको घरमा पुगेका थिए ।
सिजालीको उपचारका लागि दैलेख सदरमुकाम स्थित व्यापारी, बैक तथा बित्तिय संस्थाहरुबाट रकम संकलन थालिएको छ । उनको उपचारका लागि सहयोग जुटाउन अहिले सामाजिक अभियान्ताहरु लागिपरेका छन् । भरत सिजाली बचाउ अभियानमा अभियान्ताहरु दिक्षा विसी, रमा श्रेष्ठ लगाएत जुटेका छन् । बिहिवार दैलेख सदरमुकाममा झण्डै २० हजार रुपैयाँ सहयोग रकम संकलन गरिएको छ ।
उनको उपचारका लागि नारायण नगरपालिका दैलेखले २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरप्रमुख रत्नबहादुर खड्काले पक्षघात (प्यारालाइसीस) पीडितको उपचार खर्च स्वरुप २५ हजार रुपैयाँ दिइने बताए । भरतका ७६ बर्षिया बुबा भगिराम सिजाली २६ बर्ष देखि जलविन्दु (आँखा नदेख्ने) समस्याले ग्रसित छन् भने ७४ बर्षिया आमा दिलमाया सिजाली कान सुन्दिनन् । भरत थलापरेपछि परिवारलाई हातमुख जोड्न मुस्किल परेको छ । उनका एक छोरा र एक छोरी छन् । पीडित सिजालीलाई सहयोग गर्न चाहानेले उनका दाई टेकबहादुर सिजालीको मोबाइल नम्बर ९८२६५८२४७२ तथा अभियान्ताहरु दिक्षा विसी, रमा श्रेष्ठलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया