बार एशोसियशन दैलेखको अध्यक्षमा अधिकारी

बार एशोसियशन दैलेखको अध्यक्षमा अधिकारी

दैलेख फागुन १ । बार एशोसियशन दैलेखको (आज) बिहिवार भएको अध्यक्ष पदको मतदानबाट माधवराज अधिकारी निर्वाचित भएका छन् । कुल २० मतदाता रहेकोमा १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गरे भने शिवराज दाहालले ३ मत प्राप्त गरे । बार एशोसियशनको १३ सदस्यीय जिल्ला कार्यसम्मतिका अरु पदाधिकारी सर्वसम्मतले चयन भएका छन् ।
सर्वसम्मतिले चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष ललितबहादुर थापा, सचिव प्रेमबहादुर थापा, सहसचिव इश्वरकुमार प्याकुरेल र कोषाध्यक्ष टीकाराम थापा छन् । कार्यसम्मतिका सदस्यहरुमा सुरेन्द्रकुमार अधिकारी, ललितबहादुर मल्ल, यामराज थापा, सर्वराज जोशी, टेकबहादुर केसी, हरिबहादुर केसी, दीपेन्द्रबहादुर थापा र दीर्घराज अधिकारी छन् । दीर्घराज अधिकारी केन्द्रीय पार्षद पनि चयन भएको बताइएको छ । २०४९ मा स्थापना भएको नेपाल बार एशोसियसन दैलेखको संस्थागत विकासको क्रममा अघिल्लो कार्यकाल बाहेक सधैंजसो सर्वसम्मतिले नेतृत्व चयन गर्दै आएको हो ।

प्रतिक्रिया