दैलेखको ठाटीकाँधमा डोजर दुर्घटना

दैलेखको ठाटीकाँधमा डोजर दुर्घटना

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर दुर्घटना भएको छ ।सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्क स्थित पिपल चौतारा भन्ने ठाउँमा सोमबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दा करिब २० मिटर तल अड्किएको प्रहरी चौकि ठाटीकाँधले जानकारी दिएको छ ।

दुर्घटनामा डोजर चालक गुराँस गाउँपालिका–३का ५४ बर्षिय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षिय नरेश कुमार भण्डारी सहचालक सामान्य घाईते भएका छन् ।उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भएर पनि डिस्चार्ज भईसकेको प्रहरी चौकि ठाटीकाँधका प्रहरी सहायक निरिक्षक रत्न खड्काले बताए ।डोजर सहचालकले चलाएको कारढा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । डोजर नयाँ भएकोले नम्बर प्लेट नभएकोे बताईएको छ ।

प्रतिक्रिया