छाउपडि विरुद्ध सन्देश दिन महाशिवरात्रिका दिन महायज्ञ

छाउपडि विरुद्ध सन्देश दिन महाशिवरात्रिका दिन महायज्ञ

जुम्ला -छाउपडि प्रथा विरुद्ध सन्देश दिन जिल्ला प्रशासन कार्यालय जुम्लाले महाशिवरात्रि अर्थात शुक्रवार महायज्ञ गर्ने भएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा महायज्ञ गर्न लागेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

धामीझाक्री, पुरोहित, महिला अगुवालगायत आमनागरिकको भेला गरि छुइप्रथा विरुद्ध महायज्ञ गर्ने उनले बताइन् । महायज्ञमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र कर्णाली प्रदेश सामाजिक मन्त्री दल रावललगायतले सम्बोधन गर्ने छन् । 

प्रतिक्रिया