मैत्रीपूर्ण फुटबल : कर्मचारीले जनप्रतिधीलाई हराए

मैत्रीपूर्ण फुटबल : कर्मचारीले जनप्रतिधीलाई हराए

मैत्रीपूर्ण फुटबल खेल्दै जनप्रतिनीधि र कर्मचारीहरु

दैलेख : महाशिवरात्रि एवं नेपाली सेना दिवसको अबसरमा दैलेखमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोेगितामा कर्मचारीको टिम विजयी भएको छ । ईन्द्रदल गुल्म काँडाचौर ब्यारेकले आयोजना गरेको राष्ट्रसेवक कर्मचारी र जनप्रतिनीधि बिच मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिम विजयी भएको हो । मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिमले स्थानीय तहका जनप्रतिनीधिको टिमलाई ७–२ गोल अन्तरले पराजित गरेको थियो ।

मैत्रीपूर्ण फुटबल खेल्दै जनप्रतिनीधि र कर्मचारीहरु ।

खेलमा कर्मचारीको टिमबाट जिल्ला आर्युवेद कार्यालयका डा. प्रसन्न नेपालले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । कर्मचारीहरुको टिमको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले गरेका थिए भने जनप्रतिनीधिको नेतृत्व नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले यस्ता मैत्रीपूर्ण खेलले कर्मचारी र जनप्रतिनीधि बीच समन्वय र आत्मीयता बढ्नुका साथै खेलप्रति आकर्षण बढ्ने बताए । विजयी र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको ईन्द्र दल गुल्मले जनाएको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले विजेता र उप–विजेता टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया