कानून तर्जुमा तथा नगरसभा सञ्चालन सम्वन्धी कार्यशाला

कानून तर्जुमा तथा नगरसभा सञ्चालन सम्वन्धी कार्यशाला

दैलेख : नारायण नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुका लागि स्थानीय कानून तर्जुमा तथा नगरसभा सञ्चालन सम्वन्धी २ दिने अभ्यास कार्यशाला सोमवार दैलेख सदरमुकाममा सम्पन्न भएको छ ।
नगरसभा सञ्चालन प्रक्रिया, कानून आवश्यकता र समावेश हुने विषयबस्तुको पहिचान, विधेयकको मस्यौदा, प्रस्तूतीकरण, छलफल विधि, संशोधन प्रस्ताव, स्वीकृति र प्रमाणीकरण चरणसम्मका ऐन निर्माण प्रक्रिया विषयमा अभ्यास गरिएको थियो ।
कार्यशालामा सभा सञ्चालनको क्रममा समसामयिकक विषयमा छलफल, सार्वजनिक महत्वका प्रस्ताव, प्रस्तावमा छलफल, विधेयक निर्णार्थ पेश गर्ने र सभा समापन वद्धति विषयमा सहजकर्ताहरु अधिवक्ता बालकृष्ण देउजा र राजेन्द्र प्याकुरेलले सहजीकरण गरेका थिए ।
हेल्भेटासको नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास) परियोजनाको आर्थिक सहयोगमा संघीय पशुपंक्षी विकास मन्त्राालय अन्तरगतको कृषि क्षेत्र विकास केन्द्र सुर्खेतको आयोजनामा कार्यक्रम भएको प्रयास परियोजनाका शासन तथा क्षमता विकास संयोजक बिना पन्तले जानकारी दिइन् ।
नगरपालिकाले ऐन कानून बनाएकै थियो तर विधि, प्रक्रिया र वैधानिक मान्यता निम्ति गरिने सिलसिला बारे अभ्यास नै गराइएकोले आगामी नगरसभाबाट ऐन कानून निर्माण पद्धति बारे प्रष्ट जानकारी भएको नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।

प्रतिक्रिया