राउटे गल्छीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

राउटे गल्छीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, चार घाइते

दैलेख फागुन २१ : सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो।

दुर्घटनामा परी चारजना घाइते भएका छन्। घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर पठाइएको छ। मृतकमध्ये दुई पुरुष र एकजना महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन। घाइतहरुको पनि नाम थाहा हुन सकेको छैन।

प्रतिक्रिया