नेकपा नेतृ दीपा शर्माद्वारा देवी हरि भवानी स्मृति कोष घोषणा

नेकपा नेतृ दीपा शर्माद्वारा देवी हरि भवानी स्मृति कोष घोषणा

दैलेख : नेकपा नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव दीपा शर्माले आफ्नो शुभ विवाहको अवसर पारी अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । भक्तपुर बालकोट निवासी प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिएकी शर्माले ‘देवी हरि भवानी स्मृति अक्षय कोष’ को घोषणा गरेकी हुन् ।
दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजे बज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट दैलेख जिल्लाबाट सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रा गरी दुई जनालाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ । सुरुमा २ लाख ९० हजार रुपैयाँको कोष निर्माण गर्ने र वर्षेनी कोषमा रकम थप्दै जाने शर्माले बताइन् ।
कोषमा शर्माका बुवा विष्णुप्रसाद शर्मा, आमा चित्रा शर्मा, माइलो बुवा भीमराज शर्मा माइली आमा मोहनकुमारी शर्मा, कान्छा बुवा रवीन्द्रराज शर्मा र जानकी शर्माले प्रति परिवार ५०/५० हजार रुपैयाँ अक्षय कोषका लागि घोषणा गरेका छन् । अनेरास्ववियू, अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेर काम गरेकी शर्माले अक्षय कोषले दैलेख जिल्लाको शिक्षा क्षेत्र सुधारका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया