महिला तथा बालबालिका केन्दका आश्रीत बालकलार्ई परिवारको जिम्मा लगाईयो

महिला तथा बालबालिका केन्दका आश्रीत  बालकलार्ई परिवारको जिम्मा लगाईयो

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तरगर्त महिला तथा बालबालिका केन्द्र, बाल हेल्पलाइन १०९८ मा बस्दै आएका दुई बालकलाई परिवारको जिम्मा लगाईएको छ । गुराँस गाउँपालिका–५ गोगनपानीका मानबहादुर सुनारका छोराहरु १० बर्षीया सन्तोष सुनार र ६ बर्षीया दिलिप सुनारलाई परिवारको जिम्मा लगाईएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । शनिवार बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरिक्षक थुमबहादुर घर्तीमगर, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका मिडिया सहजकर्ता हिक्मतबहादुर नेपाली लगाएतको उपस्थितीमा बालकहरुलाई परिवारको जिम्मा लगाईएको हो ।
१० बर्षीया बालक सन्तोष सुनार विगत तीन बर्ष देखि र ६ बर्षीया दिलिप सुनार विगत दुई बर्ष देखि केन्द्रको संरक्षणमा थिए । बुबा मानबहादुर सुनार घरमा नभएकोले बालकहरुलाई अंकल प्रदिप सुनारको जिम्मा लगाईएको बाल हेल्पलाइन संयोजक श्रेष्ठले बताइन् । केन्द्रको संरक्षणमा बस्दै आएका १० बर्षीया सन्तोष सुनार कक्षा ३ र ६ बर्षीया दिलिप सुनार यूकेजीमा दैलेख सदरमुकाम स्थित सनराइन माध्यामिक विद्यालयमा अध्ययन गदै आएका थिए । उक्त विद्यालयले बालकहरुलाई निशुल्क रुपमा पढाउँदै आएको थियो ।

प्रतिक्रिया