राकमकर्णालीमै सस उत्पादन सुरू

राकमकर्णालीमै सस उत्पादन सुरू

दैलेख : दैलेखको पश्चिममा पर्ने राकमकर्णालीमा सस उत्पादन थालिएको छ । आठबीस नगरपालिका–४ राकमकर्णालीमा सस उत्पादन थालिएको हो । बसुन्धारा कृषि सहकारी संस्थाद्वारा सञ्चालित तरकारी संकलन केन्द्र मार्फत गोलभेडा सस उत्पादन थालिएको हो । राकमकर्णालीका कृषकहरुले उत्पादन गरेको गोलभेडाबाट सस उत्पादन गरिने सहकारीका अध्यक्ष अर्जुनबहादुर शाहीले बताए । सस उत्पादनका लागि डिसिएको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोेसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाले मेसिन समेत उपलब्ध गराएको छ । झण्डै ४३ हजारको लागतमा मेसिन खरिद गरि संकलन केन्द्रलाई हस्तान्तरण गरिएको परियोजना संयोजक माधव भट्टराईले जानकारी दिए ।

उनका अनुसार मेसिन सञ्चालन गरि सस उत्पादनका लागि तालिम समेत प्रदान गरिएको छ । सहकारीमा संलग्न १० जनालाई तालिम प्रदान गरिएको हो । डिसिएको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोेसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाले लिवर्ड नामक संस्थासंगको सहकार्यमा एक दिने तालिम प्रदान गरेको परियोजनाका संयोजक भट्टराईले जनाए । तालिम लिवर्ड संस्थाका शम्भु बस्नेतले प्रदान गरेका हुन् । यहाँ उत्पादन गरिएको गोलभेडा सस हाल राकमकर्णाली बजारमै खपत हुने बताईएको छ ।

प्रतिक्रिया