राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख : लोपोन्मुख जाती राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ गोठेडाँडामा बसोबास गरिरहेका १ सय ५२ जना राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटे बस्तीमा पुगेर पुष, माघ र फागुन महिनाको प्रतिब्यक्ति ९ हजारको दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

सरकारले राउटे समुदायका नागरिकहरुलाई प्रतिब्यक्ति मासिक ३ हजार रुपैयाँको दरले सुरक्षा भत्ता दिँदै आएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचय पत्र वितरण गरेको थियो । गुराँस गाउँपालिका–८ गर्चामा बसोबास गरिरहेका बेला परिचय पत्र वितरण गरिएको थियो । त्यस यता गाउँपालिकाले राउटे समुदाय जुन ठाउँमा बसाई सरी गएको भएपनि त्यहि ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया