पोलीहाउस पाउँदा किसान उत्साहित

पोलीहाउस पाउँदा  किसान उत्साहित

ज्वाला सन्देश संवाददाता, दैलेख : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नौमूले गाउँपालिका–२ बालुवाटार गाउँको रापट टोलका किसानहरु अहिले बारीमा व्यस्त छन् । टोलमा गठन गरिएको आयआर्जन कृषि समुहमा यहाँका २० जना किसानहरु आबद्व छन् । पालै पालो गरेर समुहका २० जना किसानहरु मध्ये १० किसानहरुको बारीमा पोलीहाउस निर्माण भईसकेको छ । परम्परागत रुपमा बाँसको संरचना बनाएर तरकारी खेती गर्दै आएका किसानहरुलाई लक्षित गर्दै नौमुले गाँउपालिका÷ग्रामीण जलस्रोत विकास परियोजनाको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक परिचालन मार्फत फलामको पोलीहाउस उपलव्ध गराए पछि किसानमा तरकारी खेती प्रति उत्साह थपिएको छ ।

परियोजनाको सहयोगमा पहिलो चरणमा १० जना किसानको बारीमा पोलीहाउस निर्माण गरिएको रापटका शसिराम सलामी मगरले बताए । ‘पहिला तरकारी खाने चलन नै थिएन, मौसमी रुपमा आलु र सिमी परम्परा देखिनै लगाउने गरेपनि व्यवसायिक रुपमा तरकारी खेती गर्दैैनथ्यौै,’ शसिरामले भने ‘ परियोजनाले व्यवसायीक तरकारी खेती गर्नका लागि सहयोग गरेपछि तरकारी खेती थालेका छौ ।’ यहाँका किसानहरुको बारीमा आलु, मुला, काउली, धनियो, बान्दा, साग, केराउ आदि तरकारी लगाउन सुरु गरेको आयआर्जन कृषि समुहका अध्यक्ष दलबहादुर खड्काले बताए । उनका अनुसार किसानहरुले पोलीहाउसका लागि बेर्ना राखेका छन् ।
बिगत लामो समयदेखि खानेपानि तथा सरसफाई,अलैची खेती तथा जिविकोपार्जनमा काम गर्दै आएको परियोजनाले अलैची खेती सम्भव नभएको क्षेत्रमा आयआर्जनको लागि तरकारी खेती प्रवद्र्धनमा जोड दिएको बताएको छ । पारियोजनाले पोलीहाउस मात्र हैन् तरकारी खेती कसरी गर्ने भन्ने सम्बन्धमा तालिम समेत दिएको छ । उत्पादन पश्चात खपत कसरी गर्ने ? कहाँ कहाँ बजार छन् ? त्यहाँसम्म कसरी पुग्ने र व्यवसायिक कसरी बन्ने सम्बन्धि तालिमहरु पनि उपलव्ध गराईएको छ । ज्सले स्थानियको जिविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दुर्गममा फलामको पोलीहाउस निर्माण गर्दा झण्डै एक लाख रुपैयाँ खर्च भएको परियोजनाका जलस्रोत प्राविधिक चित्र बिस्टले बताए । निर्माणको हिसावले महंगो भएपनि निर्माणाधिन पोलीहाउसमा करिब २० देखि २५ बर्षसम्म तरकारी फलाउन सकिने जलस्रोत प्राविधिक बिस्टले बताए ।

प्रतिक्रिया