गुराँसेमा भुकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको नमुना प्रर्दशनी स्थल स्थापना

गुराँसेमा भुकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको नमुना प्रर्दशनी स्थल स्थापना

ज्वाला सन्देश संवाददाता
दैलेख :
गुराँस गाउँपालिका–५ गुराँसेमा भुकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको नमुना प्रर्दशनी स्थल स्थापना गरिएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारा सहित नमुना प्रर्दशनी स्थल स्थापना गरिएको हो । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले नमुना प्रर्दशनी स्थल स्थापना गरेको हो । माटो, ढुंगा र काठबाट तथा सिमेन्ट, बालुवा र सरियाबाट निर्मीत छुट्टा छुट्टै भुकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको नमुना प्रर्दशनी स्थल निर्माण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले बताए ।

नमुना प्रर्दशनी स्थल निर्माण गर्नु अघि गुराँस गाउँपालिकाका ८ वटै वडाका १५ जना निर्माणकर्मी तथा डकर्मीहरुलाई तालिम समेत दिईएको छ । गुराँस गाउँपालिकाको समन्वयमा परियोजना अन्तरगर्त निर्माणकर्मी तथा डकर्मीका लागि भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि ७ दिने तालिम प्रदान गरिएको हो ।
भुकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी दिने र १५ जना सहभागिहरुले सिकेको सिपलाई आफ्नो वडामा आफुसँगैका अन्य निर्माणकर्मी तथा डकर्मीहरुलाई सिप हस्तान्तरण गर्ने उदेश्यले तालिम प्रदानसंगै नमुना प्रर्दशनी स्थल स्थापना गरिएको कार्यक्रम निर्देशक बिसीले बताए । तालिम पश्चात नमुना प्रर्दशनी स्थल बनाईएको हो । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले निर्माणकर्मी तथा डकर्मीहरुको जीविकोपार्जनसँगै भुकम्प प्रतिरोधी भवन निर्माणमा सघाउ पुग्ने बताए । उनले भुकम्प प्रतिरोधी भवन निर्माण गरी गाउँपालिकाका नागरिकहरुलाई विपद्को जोखिमबाट बचाउन सहयोग पुग्ने अध्यक्ष ओलीले बताए ।

तालिकमा तस्विरहरू :

प्रतिक्रिया