कोरोना नियन्त्रण : साेसेक दैलेखले थाल्याे मास्क उत्पादन

कोरोना नियन्त्रण : साेसेक दैलेखले थाल्याे मास्क उत्पादन

दैलेख चैत ७ गते । : विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला दैलेखमा समेत उच्च सर्तकता अपनाईएको छ । भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, सबै स्थानीय तहहरुले सर्तकता अपनाएका छन् । जिल्लाको तीन वटा स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ ।
यसैबिच यहाँको एक गैरसरकारी संस्थाले मास्क उत्पादन थालेको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले माक्स्क उत्पादन थालेका हो । कोरोना भाइरसको सन्त्रासका कारण मास्क अभाव हुन थालेपछि मास्क उत्पादन थालेको सोसेकले जनाएको छ । फलाटिनको कपडाबाट माक्स उत्पादन गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् ।

संस्थामा विभिन्न सेवा लिन आउने सेवाग्राही तथा कर्मचारीहरुका लागि माक्स उत्पादन थालिएको सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । कोरोना भाइरस फैलिई हुन सक्ने सम्भावित जोखिममा आम नागरिकलाई निशुल्क रुपमा वितरण गर्ने गरि पाँच हजार माक्स उत्पादन गर्ने लक्ष सहित माक्स उत्पादन थालिएको उनले बताए । कोरोना फैलीन नदिन पूर्वसर्तकता अपनाउन संस्थाले आपत्तकालिन योजना तयार पारेको श्रेष्ठको भनाई छ ।
सोसेकका सल्लाहकार समिति संयोजक एवं पूर्व अध्यक्ष सिताकुमारी रानाले कोरोना फैलिन नदिन सरकारले चालेको कदमलाई सहयोग गर्न सबैलाई अपिल गरिन् । ‘कोरोना भाइरसको सन्त्रास फैलिएको अवस्थामा सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र आम नागरिकहरुले सद्भावको भावनाले सरकारको कदमलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया