नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई स्वारेन्टाइनमा राख्ने प्रवद्ध गर्न निर्देशन दिएको छ। आइतबार गृहमन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। 

‘होम क्वारेन्टाइन प्रभावकारी भएको नदेखिएकाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरु प्रवेश गर्दाकै बखत कुन जिल्लाको कुन स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने हो ? प्रवेश पूर्व नै सो को जानकारी लिई सीमा नाकामा कार्यरत स्थानीय निकायहरुले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ’, प्रवक्ता शर्माले भने। 

विदेशबाट नेपालमा आउने शंकास्पद नागरिकलाई सुरक्षित तवरले भक्तपुर जिल्लाको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनलाई उपयोग गर्ने व्यवस्था मिलाइएको जानकारीसमेत गृह मन्त्रालयले गराएको छ।   

प्रतिक्रिया