सर्जिकल मास्क र ड्रम प्रदान

सर्जिकल मास्क र ड्रम प्रदान

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखलाई सर्जिकल मास्क र ड्रम प्रदान गरिएको छ । जिल्ला सदरमुकामको श्रेष्ठ भाँडा पसलका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले उक्त सामान प्रदान गरेका हुन् । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला संक्रमण रोकथामका लागि सर्जिकल मास्क, ड्रम र हातधुने सावुन प्रदान गरेको श्रेष्ठले बताए । एक सय लिटरको दुई वटा ड्रम, दुई सय वटा सर्जिकल मास्क र हातधुने सावुन प्रदान गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखमा आउने सेवाग्राही र प्रहरी कर्मचारीहरु कार्यालय प्रवेश गर्दा साबुन पानीले हात धोएर प्रबेश गरौँ भनि प्रबेशद्धारमा राखिएको र मास्क नलगाएर आउने सेवाग्राहीहरुलाई मास्क बितरण गरि कार्यालय भित्र प्रवेश गराईएको प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीले बताए ।

प्रतिक्रिया