प्रहरी बनाइदिन्छु भन्दै ठग्ने पक्राउ

प्रहरी बनाइदिन्छु भन्दै ठग्ने पक्राउ

प्रहरी बनाइदिने भन्दै ठगि गर्ने प्रेमबहादुर बिक ।

दैलेख : नेपाल प्रहरीको जवान पदमा भर्ना गराइदिने भन्दै गठि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका–६ चरेखेत निवासी ३१ बर्षीया प्रेमबहादुर बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर ओलीका अनुसार दुल्लु नगरपालिका–१० गमौडीकी २० बर्षीया रामकला नेपालीलाई सरकारी जागिर नेपाल प्रहरीको जवान पदमा भर्ना गरिदिन्छु भन्दै रामकलाका बुबा प्रेम दमाईसँग नगद ३ लाख १० हजार रुपैयाँ लिएका थिए । बिकले ठगि गरेको पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको डिएसपी ओलीले बताए । उनलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको पहरीले जनाएको छ ।

बहुमुल्य काईनेटिक पत्थर सहित पक्राउ परेका रुद्र कडेल ।

त्यसैगरी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ त ३११३ नम्बरको बोलेरो डबल क्याप जीपमा सवार रहेका वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ४२ बर्षीया रुद्र कडेललाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१ का २५ बर्षीया योगेश आचार्यले चलाईरहेको जीपमा सवार कडेललाई चेकजाँच गर्दा ८० केजी बहुमुल्य काईनेटिक पत्थर (ढुंगा) फेला परेको थियो । जीपको पछाडी ढालामा थैलोमा राखि ल्याएको अवस्थामा काईनेटिक पत्थर (ढुंगा) सहित सवारी धनी कडेल र बोलेरो जीप नियन्त्रणमा लिई थप छानवीन भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया