एक साता जुम्ला ‘लकडाउन’


जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिने भएको हो । रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो।
जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। ‘अत्यावश्यक सामग्री व्यवस्थापन गर्न र क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि समितिहरु गठन गरेका छौं’, उनले भनिन्, ‘जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौं।’जुम्ला विमानस्थल र जिल्ला प्रवेशको नाका नग्ममा हेल्थ डेस्क पनि स्थापना गरिएको छ। जिल्ला भित्रने हरेकको स्वास्थ्य जाँच गरेरमात्रै जिल्ला भित्र्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा हेल्थ डेक्सको स्थापना गरिएको हो।
प्रतिक्रिया