स्थानीय तहमा मास्क, सेनीटाइजर र सावुन

स्थानीय तहमा मास्क, सेनीटाइजर र सावुन

दैलेख : जिल्लाको नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका स्थानीयलाई मास्क, सेनीटाइजर साबुन प्रदान गरिएको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना/भगवतीमाई गाउँपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना/नौमूले गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा स्थानीय तहका नागरिकहरुलाई सामाग्रीहरु वितरण गरिएको बताईएको छ ।
अत्यावश्यक औषधी, मास्क, सेनीटाइजर, सावुन, बाल्टीन लगाएतका सामग्रीहरु वितरण गरिएको हो । यस्तै कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपाएबारे लेखिएको प्रचार–प्रसार सामग्री, हातधुने तरिका सहितको ब्यानर समेत गाउँ–गाउँमा पठाइएको छ । परियोजनामा कार्यरत कर्मचारीहरुले परियोजनाको कार्यक्षेत्रका स्थानीय बासिन्दाहरुलाई हातधुने तरिका समेत सिकाएको बताईएको छ ।

प्रतिक्रिया