क्वारेन्टाइनको मापदण्ड के ?

क्वारेन्टाइनको मापदण्ड के ?

काठमाडौं :  सरकारले कोरोना (कोभिड-१९) भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यावस्थापन गर्न मापदण्ड बनाएको छ। कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिक सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा  सुरक्षित तथा व्यवस्थित तरिकाले राख्न मापदण्ड तयार गरिएको हो। 

मापदण्डमा संघ, प्रदेस र स्थानीय तहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइन सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनु पर्ने उल्लेख छ।  स्वास्थ्य, सञ्चार, सडक, पानी, बिद्युतको‌ पू्र्ण व्यावस्था हुनुपर्छ। सम्भव भएसम्म १ सयभन्दा बढी व्यक्ति रहन सक्ने क्षमताको हुनु पर्नेछ। 

सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने मापदण्डमा उल्लेख छ। खुला मैदान, पाल वा अन्य अस्थायी पूर्वाधार प्रयोग गर्न सकिने छ। गर्भवती, १० वर्षसम्मका बालबालिका, जेष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्ने छ।  प्रति १ सय जनाको लागि एक एमपिएच–एमडि चिकित्सकसहित ८ जनाको स्वास्थ्यकर्मीको टिम परिचालन गर्नु पर्नेछ। 

सुरक्षाको व्यावस्था हुनु पर्नेछ। क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकमा सहायक प्रजिअ रहने व्यावस्था गरिएको छ।  अनुगमन तथा सुपरिवेक्षयण समितिमा पालिका प्रमुख रहनेछन्। मापदण्डमा क्वारेन्टाइनमा बसेकाको खाना खाने तालिका उल्लेख गरिएको छ। यो मापदण्ड संघीय मामिला तथा समान्य मन्त्रालयले ७५३ वटै स्थानीय तहमा पठाइएको छ।  

प्रतिक्रिया