कुटपिटबाट वडाध्यक्ष घाइते, उपचारका लागि नेपालगन्ज लगिँदै

कुटपिटबाट वडाध्यक्ष घाइते, उपचारका लागि नेपालगन्ज लगिँदै

जाजरकोट: जाजरकोटको छेडागाड नगरपालिका ११ का वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरिचित समूहले कुटपिट गरी हातखुट्टा भाँचिदिएका छन् । शनिबार बेलुका गाउँ नजिकैबाट घर फर्कने क्रममा मुखमा पट्टी लगाएका ४/५ जनाको समूहले मरनासन्न हुने गरी कुटपिट गर्दा उनको दुवै खुट्टा र एउटा हात भाँचिएको नगरप्रमुख लालबहादुर महताराले बताए । घटनाबारे अहिलेसम्म केही खुल्न नसकेको नगरप्रमुख महताराले बताए । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ । 

भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो । अध्यक्ष सिंहको स्वास्थ्यलाभको कामना गदै नगरप्रमुख महताराले दोषी पत्ता लगाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  कुटपिट गर्ने समुह पत्ता लगाई आवश्यक कारबाही गर्न इलाका प्रहरी कार्यालय बडावनबाट एक टोली खटाइ सकिएको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया