दैलेखमा किटनाशक औषधि क्लोरीन छर्किंदै (फोटोफिचर)

दैलेखमा किटनाशक औषधि क्लोरीन छर्किंदै (फोटोफिचर)

बजारमा किटनाशक औषधि क्लोरीन छर्किदै नेपाली सेनाको टोली ।

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेखमा किटनाशक औषधि छर्न सुरु गरिएको छ । सरकारले स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा अनिवार्य क्लोरीन लगाएतका किटनाशक छर्किन निर्देशन दिएको थियो । सोहि अनुसार दैलेखको नारायण नगरपालिकाले नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको सहयोगमा क्लोरीन छर्किन सुरु गरेको हो ।
सदरमुकाम दैलेख बजार क्षेत्रमा किटनाशक औषधी छरिएको नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका गुल्मपति गणेशराज पन्तले जानकारी दिए । शुक्रवार निर्माण गरिएको आइसोलेसन कक्ष स्थल सरस्वती मावी तर्ताङ्ग देखि बजार क्षेत्र हुँदै काँडाचौर तथा यहाँका कार्यालय वरवर किटनाशक औषधी क्लोरीन छर्न थालिएको हो । क्लोरीन पानीमा मिसाएर दमकल मार्फत बजार क्षेत्रमा छर्किएको उनले बताए ।
नारायण नगरपालिकाको दमकल सहित नेपाली सेनाको टोली क्लोरीन छर्कन खटिएको छ । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले स्थानीयलाई घरमा बसेर सुरक्षित रहन आग्रह गर्दै आएका छन् । बजारमा किटनाशक छर्किन सुरु गरेपछि थोरै भएपनि यहाँका सवैसाधरणहरुले राहत महशुस गरेका छन् ।



तस्विरहरू : हिक्मतबहादुर नेपाली

प्रतिक्रिया