आठबीसका स्थानीयलाई काँगेसले ग¥यो मास्क वितरण

आठबीसका स्थानीयलाई काँगेसले ग¥यो मास्क वितरण

दैलेख : कोरना भाइरस (कोभिड–१९) को संक्रमणबाट सजग रहन अनुरोध गर्दै नेपाली काँग्रेस नगर कार्यसमिति आठबीस नगरपालिकाले सर्वधारणलाई निशुल्क मास्क वितरण थालको छ । नगरपालिका क्षेत्रका सर्वसाधरणलाई निशुल्क मास्क वितरण थालिएको नगर सभापति अर्जुनबहादुर शाहीले बताए ।
नगरभरी पाँच हजार मास्क वितरण गर्ने लक्ष सहित २५ सय मास्क वितरण गरिसकेको नगर सभापति शाहीले बताए । उनका अनुसार आठबीस नगरपालिका वडा नं. १ र २ को विपद् कोषमा दुई दुई हजार रुपैयाँ सहयोग गरिएको छ ।
नेपाली काँग्रेस नगर कार्यसमिति आठबीस नगरपालिकाले एक विज्ञप्ती समेत जारी गरेको छ । विज्ञप्तीमा कोरोना भाइरसको महामारी फैलिएर यो संकटको घडिमा विदेशबाट आएका नागरिकहरुलाई राख्नका लागि व्यवस्थित क्वारेन्टाइन बनाउन र सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चाहिने सामग्रीहरु यथाशिघ्र व्यवस्थापन गर्न नगरपालिकासँग माग गरेको छ ।

प्रतिक्रिया