बुधबारदेखि कर्णालीमै कोरोना परीक्षण

बुधबारदेखि कर्णालीमै कोरोना परीक्षण

 सुर्खेत : कर्णाली प्रदेशमा बुधबार (आज) देखि कोरोना भाइरसको परीक्षण शुरु गरिने भएको छ । हालसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गरेको कोरोना भाइरसको परीक्षण बुधबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि गर्न लागिएको हो । आजदेखि कर्णाली प्रदेशमा पनि परीक्षण गरिने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

उनले सामाजिक संजाल फेसबुक मार्फत कोरोना परीक्षण कर्णाली प्रदेशबाटै हुने जानकारी दिंदै लेखेका छन्, ‘आजसम्म केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि पठाइएका थप ११ वटा थ्रट स्वाव परीक्षण गर्दा सबै नेगेटिभ प्राप्त भएको छ । आज (बुधबार) बाट सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने छ ।’

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँका वासिन्दा निकै खुशी भएका छन् । परीक्षणका लागि काठमाडौंसम्म पठाउन र रिपोर्ट आउन समय लाग्ने भएकाले कर्णाली प्रदेशमा नै यसको व्यवस्था गर्न लागिएको भन्दै कर्णालीवासीले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया