बालबालिकालाई मास्क वितरण

बालबालिकालाई मास्क वितरण

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिकालाई मास्क प्रदान गरेको छ । नारायण नगरपालिका वडा नम्बर ६ माथिल्लो बिजौरामा ३० जना बालबालिका, एकल महिला र बृद्धबृद्धालाई मास्क वितरण गरिएको हो । स्थानीय डिना सापकोटाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखसँग समन्वय गरि मास्क प्रदान गरेकी हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि मास्क वितरण गरिएको हो । मास्क वितरण गर्नुका साथै बालबालिकालाई हात धुने तरिकाबारे सिकाईएको छ । यस्तै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ने उपाएहरुबारे जानकारी दिईएको छ

प्रतिक्रिया