स्थानीय तहलाई सामग्री सहयोग

स्थानीय तहलाई सामग्री सहयोग

ज्वाला सन्देश संवाददाता
दैलेख :
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि दैलेखको एक गैरसरकारी संस्थाले स्थानीय सरकारलाई सामग्री सहयोग गरेको छ । आवश्यक सामाग्री र औषधि सहयोग गरिएको हो । डिसीएको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको दुल्लु नगरपालिका र नौमूले गाउँपालिकालाई सामग्री हस्तान्तरण गरिएको हो ।
क्वारेन्टाइन निर्माणका लागि बेडको कपडा (बल्यांकेट, डसना), तन्ना, सिरानी, पिफर्म, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), हेन्ड सेनीटाइजर, ग्लोब्स लगाएतका सामग्री हस्तान्तरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका प्रशासन अधिकृत माया रानाले जानकारी दिइन् ।

प्रतिक्रिया