सहयात्रा दोस्रो परियोजनाद्धारा गुराँस गाउँपालिकालाई सामग्री हस्तान्तरण

सहयात्रा दोस्रो परियोजनाद्धारा   गुराँस गाउँपालिकालाई सामग्री हस्तान्तरण


दैलेख : विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ । भाइरस फैलन नदिन दैलेख जिल्लाका स्थानीय तहहरुले नाकामा हेल्थ डेक्स् स्थापना गरी स्वास्थ्य चेकजाँच, क्वारेन्टाइन निर्माण, कोरोना भाइरसबाट बच्ने उपाएहरुबारे प्रचारप्रसार गरिरहेका छन् ।
स्थानीय तहले सञ्चालन गरेका गतिवीधिमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरुले उत्तिकै सहयोग गरेका छन् । गुराँस गाउँपालिकाले रानीमत्तामा हेल्थ डेक्स सञ्चालन गरी आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य जाँच गरिरहेको छ । उक्त हेल्थ डेक्समा आवश्यक सामग्रीहरु सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

परियोजनाले स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट ३० सेट (पीपीई) हस्तान्तरण गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले बताए । यस्तै सर्जिकल मास्क लगाएत १३ थरीका औषधी तथा अन्य सामग्रीहरु गाउँपालिकालाई हस्तान्तण गरिएको निर्देशक विसीले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको भाइरसको असर न्यूनिकरण तथा पूर्व तयारीका लागि सामाग्रीहरु हस्तान्तरण गरिएको उनले बताए । साथै दैलेखका दुई वटा रेडियोहरु रेडियो धु्रवतारा एफएम र रेडियो ज्वाला एफएमबाट दैनिक कोरोना भाइरसबाट बच्ने उपाएहरुबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गरिरहेका निर्देशक विसीले बताए ।
हस्तान्तरण गरिएको सामग्री विवरण :

प्रतिक्रिया