कोभिड १९रोकथाम : सांसद थापाद्धारा एक महिनाको पारिश्रमिक सहयोग

कोभिड १९रोकथाम : सांसद थापाद्धारा एक महिनाको पारिश्रमिक सहयोग

सुर्खेत, चैत २२– कर्णाली प्रदेशसभा सदस्य सुशिल थापाले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका स्वास्थ्य संस्थालाई मेडिकल साम्रगी खरिद गर्न उक्त सहयोग गरेका हुन् ।
प्रदेशसभा सदस्य थापाले अन्य व्यक्तिहरुबाट समेत सहयोग जुटाएर अत्यावश्यक मेडिकल सामग्री खरिद गरी निर्वाचन क्षेत्रमा वितरण गर्ने कार्यक्रम रहेको बताए । यस अभियानमा सांसद थापा स्वयंले मासिक पारिश्रमिक बापत रु. ४००००, भैरवी गाउँपालिका अध्यक्ष पे्रम बुढाले रु. २५००० दुल्लू नगरपालिका १३ का दानबहादुर रावलले रु. २५०००, दुल्लू ५ का रमेश पोखरेलले रु. १५०००, चन्द्र पोखरलले रु. १००००, दुल्लू १३ का पे्रम शाहीले रु. १००००, दुल्लू ६ का जीवन खड्काले रु. १००००, चामुण्डाविन्द्रासैनी नगरपालिकाका लक्ष्मी बुढाले रु. ५०००, झक्कलबहादुर थापाले रु. १५००० गरी १ लाख ५५ हजार संकलन भएको छ ।
उक्त रकमबाट सर्जिकल मास्क, एन ९५ मास्क, पीपीई, पञ्जा, थर्मामिटर लगायतका उपकरण खरिद हस्तान्तरण गरिने उहाँको भनाई छ । ‘गाउँमा यतिबेला अत्यावश्यकीय सामग्रीको अभाव छ, आफ्नो पारिश्रमिकका साथै केही मनकारी व्यक्तिहरुबाट सहयोग जुटाइएको छ,’ सांसद थापाले भने, ‘समयमै स्वास्थ्य संस्थामा पु¥याउन सकिए स्वास्थ्यकर्मीहरु सुरक्षित हुने उनीहरुको मनोबल बढ्ने विश्वास लिएका छौं ।’

प्रतिक्रिया