कोरोना संक्रमण रोकथाम : लकडाउनमा थप कडाइ गर्ने मन्त्रिपरिषद निर्णय,एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत समेत बन्द

कोरोना संक्रमण रोकथाम : लकडाउनमा थप कडाइ गर्ने मन्त्रिपरिषद निर्णय,एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत समेत बन्द

काठमाडौं :  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । 
 
मन्त्रिपरिषदले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । त्यसैगरी सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाका अनुसार कोरोना संक्रमित देखिएका जिल्लामा तत्कालका लागि र्यापिड टेष्ट किटको परीक्षणबाट पिसिआर टेष्ट गर्ने निर्णय भएको हो । 

प्रतिक्रिया