पीपीई सहित स्वास्थ्य सामग्री लिएर गाउँ पुगे कर्णाली प्रदेश सांसद थापा

पीपीई सहित स्वास्थ्य सामग्री लिएर गाउँ पुगे कर्णाली प्रदेश सांसद थापा

दैलेख : कर्णाली प्रदेश सभा सदस्य सुशिल थापा पीपीई सहित स्वास्थ्य सामग्री लिएर गाउँ पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर उनि गाउँ पुगेका हुन् । गृह जिल्ला दैलेखको दुल्लु नगरपालिका र भैरबी गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिने उनले बताए । सांसद थापाले चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनीटाइजर, पञ्जा लगाएत अत्यावश्यक सामग्री दुल्लु नगरपालिका र भैरबी गाउँपालिकाका सबै वडाहरुमा वितरण गर्ने जनाएका छन् ।
सांसद थापाका अनुसार ४५ सेट पीपीई दुल्लु नगरपालिका र भैरबी गाउँपालिकाका सबै वडाहरुमा वितरण गरिनेछ । जिल्लामा पर्याप्त पीपीईको अभावमा महामारीको बेला स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै सर्जिकल मास्क, ग्लोब्स, सेनीटाइजर समेत गाउँ पु¥याईएको छ । ती सामग्री वडाका स्वास्थ्यसंस्थाका लागि वितरण गरिएको हो ।
आफ्नो मासिक पारिश्रमिक बापत ४० हजार, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले २५ हजार, दुल्लु नगरपालिका १३ का दानबहादुर रावलले २५ हजार, दुल्लु ५ का रमेश पोखरेलले १५ हजार, चन्द्र पोखरलले १० हजार, दुल्लु १३ का पे्रम शाहीले १० हजार, दुल्लु ६ का जीवन खड्काले १० हजार, चामुण्डाविन्द्रासैनी नगरपालिकाका लक्ष्मी बुढाले रु. ५ हजार, भैरबी गाउँपालिकाका मोहन पौडेलले ५ हजार गरी संकलन भएको रकमले स्वास्थ्य सामाग्री खरिद गरिएको सांसद थापाले बताएका छन् । सांसद थापाले जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला कारागार, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा दैलेखमा क्रियाशिल पत्रकारहरुलाई मास्क र सेनीटाइजर प्रदान गरेका छन् ।

प्रतिक्रिया