क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण

क्वारेन्टाइनमा सहयोग सामाग्री वितरण

दैलेख, चैत्र १७ गते ।
चामुण्डाविन्द्रासैनीलाई एभरेष्ट क्लबले सहयोग गरेको सामाग्रीहरु क्वारेन्टाइनमा वितरण गरेको छ । क्वारेन्टाइनका लागि सहयोग गरेको सामाग्री मंगलबार नगरपालिकाले क्वारेनटाइनलाई वितरण गरेको हो । सोमबार मात्र क्लबले नगरपालिकालाई क्वारेन्टाइनका लागि र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले एभरेष्ट क्लबलाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । चौथो पटक क्वारेन्टाइनको अनुगमन गर्दैै क्वाइराइनलाई थप व्यवस्थित गर्न र नगरवासीको स्वास्थ्य प्रति नगरपालिका कटिवद्ध भई लागि परेको बताए ।

कोराना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन लागि नगर–प्रमुख शाहीले नगर वासीलाई आग्रह समेत गरे । अनुगमनका क्रममा उनले भने, ‘कोराना भाइरसको संक्रमणबाट जोगिन बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ, आफु सुरक्षित बनौँ, अरुलाइ पनि सचेत तुल्याऔं ।’ नगरवासीलाई लकडाउनको पूर्ण पालनाका लागि आग्रह गर्दैे संक्रमण फैलन नदिन नगरपालिकाले पुरै सामथ्र्य लगाएको दाबी गरे ।
यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले क्वारेन्टाइनमा कुनैपनि अभाव हनु नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । हाल नगरपालिकाले भारतबाट फर्केका एक सय २० जनालाई क्वारेन्टाइनमा राखिइको नगरपालिकाले जनाएको छ । क्लबले नगरपालिकालाई पीफर्म, सर्जिकल माक्स, सावुन, स्वास्थ्यकर्मीको सुरक्षाको लागि पीपीई सेट लगायतको आवश्यक अन्य सामाग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया