सोसेकद्धारा विभिन्न स्थानीय तहलाई खाद्य सामग्री हस्तान्तरण

सोसेकद्धारा विभिन्न स्थानीय तहलाई खाद्य सामग्री हस्तान्तरण

फाइल तस्बिर

दैलेख चैत्र ३० गते। सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विभिन्न स्थानीय तहमा खाद्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले एकद्धार प्रणाली मार्फत खाद्यान्न वितरण गर्ने गरी स्थानीय तहलाई खाद्य सामग्री हस्तान्तरण गरेको हो । दातृ निकाय डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले नौमूले गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका र भैरबी गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार नौमूले गाउँपालिकामा ६० बोरा चामल, ४० प्याकेट तेल, ४० प्याकेट नुन, ४० केजी दाल, २० केजी चिनि, ८ केजी चिया हस्तान्तरण गरिएको छ । यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकामा ५५ बोरा चामल, ४० प्याकेट तेल, ४० प्याकेट नुन, ४० केजी दाल, १० केजी चिनि, ५ केजी चियापत्ती हस्तान्तरण गरिएको छ । यसैगरी महाबु गाउँपालिकामा २५ बोरा चामल, २५ प्याकेट तेल, २५ प्याकेट नुन, २५ केजी दाल, साढे १२ केजी चिनि, ५ केजी चियापत्ती हस्तान्तरण गरिएको छ ।
भगवतीमाई गाउँपालिकामा २५ बोरा चामल, २५ प्याकेट तेल, २५ प्याकेट नुन, २५ केजी दाल, साढे १२ केजी चिनि, ५ केजी चियापत्ती हस्तान्तरण गरिएको छ । यस्तै भैरबी गाउँपालिकामा बोरा चामल, २५ प्याकेट तेल, २५ प्याकेट नुन, २५ केजी दाल, साढे १२ केजी चिनि, ५ केजी चियापत्ती हस्तान्तरण गरिएको छ । यस अघि अछामको पंचदेवल विनायक नगरपालिका, आठवीस नगरपालिका र दुल्लु नगरपालिकालाई स्वास्थ्य तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिसकिएको छ ।
संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठका अनुसार स्थानीय तहको मागका आधारमा संस्थाबाट उपलब्ध गराउन सकिने सहयोगको आधारमा विपद् व्यवस्थापन समितिबाट अनुमोदन गराएर ती सामग्रीहरु स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको हो । यस्तै क्वारेन्टाइन निर्माणका लागि बेड, पीपीई सेट, मास्क, सेनीटाइजर, ग्लोब्स लगाएतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको बताईएको छ ।

प्रतिक्रिया