चामुण्डाविन्द्रासैनीमा क्वारेन्टाइनमा बसेका ११२ जना घर फर्किए

चामुण्डाविन्द्रासैनीमा क्वारेन्टाइनमा बसेका ११२ जना घर फर्किए

दैलेख बैशाख १ गते ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले क्वारेन्टाइनमा बसेका १ सय १२ जनालाई घर पठाईएको छ । आइतबार नगरपालिकाले कर्णाली प्रदेश प्रयोगशालामा स्वाव पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि क्वारेण्टाइनमा राखिएको १४ औँ दिनमा पाँच वटा क्यारेन्टाइन बस्ने १ सय २० जना मध्य १ सय १२ जनलाई घरमा पठाइएको हो । जसमध्ये ८ जनालाई क्वारेन्टाइनमै राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नायव सुब्बा लोकेशकुमारी शाहीले जानकारी दिए । कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडामा बस्ने १ जना र चामुण्डा क्याम्पसमा बस्ने ७ जनालाई ४ गतेसम्म क्वारेन्टाइनमा राखिने भएको छ ।
घर पठाईएकालाई चैत १७ गते भारतबाट आएका १ सय १२ जनालाई कर्णाली जनचेतना आधारभुत विद्याललय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभुत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसको क्वारेन्टाइनमा राािखएको थियो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले २ हप्तासम्म घरकै क्वारेन्टाइनमा बस्न आग्रह गरे। ‘नगरपालिको प्रत्येक वडामा एक घर एक स्वास्थ्य अभियन्ता तोक्दै छौँ, प्रत्येक व्यक्तिको नाम, मोवाइल वडा कार्यालय र नगरपालिकामा राख्न राख्ने छौँ,’ उनले भने ‘कसैलाई कुनैपनि समस्या भएको खण्डमा सोही व्यक्तिलाई नगरपालिका र वडाले सिधै सम्पर्क गर्नेछ ।’ मेयर शाहीले क्यारेन्टाइनबाट घरमा फर्केका र नगरवासीलाई जंग फुड भन्दा स्थानीय स्तरमै उत्पादन भएको खाने कुरा खानहुन अपिल गरेका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका उप–प्रमुख ताराकुमारी शाही –खत्री) ले क्वारेन्टाइनमा बसेकाहरुले कोरोनाबाट बच्ने सावधानीका उपाय सिकेर गएकाले घरपरिवार र समाजमा सकारात्मक भूमिका खेल्न सक्ने बताए । क्वारेन्टाइन बसेका सबै व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएकोले आफु निकै खुसी भएको बताउदै घर पुगेपछि पनि २ हप्तासम्म घरभित्रै बस्न सुझाव दिइन् ।
यसैगरी विदाई कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष निरकबहादुर शाही, वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मी, वडा नं. ८ का वडा अध्यक्ष, वीरबहादुर शाही, वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाई, वडा नं. ९ का वडा अध्यक्ष नन्दप्रसाद न्यौपाने, कार्यपालिका सदस्य दिनेश विक, नेपाल कम्युनिष्ट पार्टी नगर कमिट अध्यक्ष रविन्द्रबहादुर शाही, नेपाली कांग्रेस पुर्व महाधिवेशन प्रतिनीधि एवन् युवा नेता राजेशकुमार शाही, अस्थायी प्रहरी चौकीका इन्चार्ज चन्द्रबहादुर रेउले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया