ट्याक्टर पल्टिदाँ ८ बालक घाइते, ६ जनाको अवस्था गम्भिर

ट्याक्टर पल्टिदाँ ८ बालक घाइते, ६ जनाको अवस्था गम्भिर

दैलेख वैशाख १ गते ।
दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ सात्तला स्थित झुँजको धनबीरेगडामा ट्याक्टर दुर्घटना हुँदा ८ जना बालक घाइते भएका छन् । त्यहाँ रहेको भानु आधारभुत विद्यालयको भवन निर्माणका लागि बालुवा झारेर फर्किएको ट्याक्टर दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२००१ त ००५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै टोलका ८ जना बालक घाइते भएका हुन् ।

घाइते हुनेमा ११ बर्षीया निराजन रावत, १२ बर्षीया खगेन्द्र नेपाली, १० बर्षीया कुशल नेपाली, १० बर्षीया नविन नेपाली, १२ बर्षीया नमराज नेपाली, १८ बर्षीया महेन्द्र विक, ८ बर्षीया हिमबहादुर नेपाली र ११ बर्षीया जीवन विक रहेको स्थानीय बिरबहादुर नेपालीले जानकारी दिएका छन् ।

उनिहरुको स्वाथ्य चौकी सात्तलामा प्राथमिक उपचार गरिएको छ । घाइते बालकहरु मध्ये ६ जनाको अवस्था गम्भिर रहेको अहेब भिमबहादुर विस्टले बताए । घाइते बालकहरुलाई थप उपचारका लागि आठबीस नगरपालिकाको गाडी र एम्बुलेन्समा प्रदेश अस्पताल सुर्खेतमा पठाईएको बताईएको छ । बालकहरु बालुवा ढुवानी गरि फर्किएको ट्याक्टरको ढालामा विद्यालयबाटै चढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया