राष्ट्र बै‌कले सार्वजनिक ग¥यो नयाँ हस्ताक्षर, अब नेपाली नोटमा हुनेछ यस्तो हस्ताक्षर

राष्ट्र बै‌कले सार्वजनिक ग¥यो नयाँ हस्ताक्षर, अब नेपाली नोटमा हुनेछ यस्तो हस्ताक्षर

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएसँगै छापिने नेपाली नोटमा पनि नयाँ हस्ताक्षर हुनेछ। राष्ट्र बै‌कले नयाँ हस्ताक्षर सार्वजनिक गरेको छ।   राष्ट्र बैंकले  अब नगदको प्रयोग सकेसम्म कम गराउँदै लैजाने नीति लिएको छ । लकडाउनकाबीच गत साता आफ्नो कार्यकाल सुरु गरेका नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीले नोट छपाइ र ढुवानीमा रहेको खर्च  डिजिटल भुक्तानीका माध्यमबाट कटौती गर्न सकिने बताए ।

अहिले राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामार्फत् डिजिटल भुक्तानीलाई निःशुल्क गरेको भन्दै गभर्नर अधिकारीले अहिलेको अप्ठेरो अवस्थाले यसको बाध्यकारी प्रयोग समेत बढीरहेको बताए । ‘नगद छपाइ, ढुवानीको खर्चलाई डिजिटल भुक्तानी माध्यमले कटौती गर्न सक्छन्,’ अधिकारीले भने, ‘नगदको कारोबारका लागि एकातर्फ केन्द्रीय बैंकको लागत त छँदैछ । जोखिम पनि त्यत्तिकै छ ।’

डिजिटल भुक्तानीलाई विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन आउँदा दिनमा राष्ट्र बैंकले पहल गर्ने उनको भनाइ छ । यद्यपि, अहिले नै नोटको प्रचलन हटाउने (क्यासलेस) कल्पना गर्न सकिदैन । वित्तिय स्थायित्व कायम गर्ने, वित्तिय पहुँच बढाउने, मुद्रा स्फिति नियन्त्रण गर्ने, विदेशी मुद्राको रेखदेख र विस्तारको जिम्मेवारीका अतिरिक्त केन्द्रीय बैंकको एउटा प्रमुख काम नोट निष्काशन र सर्कुलेसन (वितरण) पनि हो ।

यस्तै गभर्नर अधिकारीको कार्यकालमा छापिने नेपाली नोटमा नयाँ हस्तार हुनेछ।

प्रतिक्रिया