कोरोना कहर : खोरमै थन्किए कुखुरा

कोरोना कहर : खोरमै थन्किए कुखुरा

दैलेखको रेग्मी पोल्टी फर्ममा हुकिएका कुखुरा ।

दैलेख वैशाख ३ गते
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मुलुकका अधिकाँश क्षेत्र ठप्प छन् । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशभर लकडाउन भएसँगै ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा दैलेखका किसान समस्यामा परेका छन् । उपभोक्ता कम भएपछि मासु बिक्री हुन समस्या भएको हो । लकडाउनका कारण कुखुराको मासु खपत हुने पसल तथा होटलहरु बन्द छन् भने उपभोक्ता घट्दा लाखौ मुल्य बराबरको कुखुरा खोरमै थन्किएपछि कुखुरा पालक व्यवसायी विचल्लीमा परेका हुन् ।

अधिकाँश फ्रेस हाउस समेत बन्द हुँदा उत्पादन गरेको कुखुरा खोरमै थन्किएको यहाँको रेग्मी पोल्टी फर्मका सञ्चालक भिमप्रसाद रेग्मीले बताए । कृषि विकास बैंकबाट ऋण लिएर विगत आठ बर्ष देखि व्यवसाय गर्दै आएका रेग्मी भन्छन् ‘मेरो दुईवटा फर्ममा झण्डै चार केजी पुगेका १८ सय वटा कुखुरा छन्, तर बजारमा बिक्री नभएपछि नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको छ ।’ उनले उत्पादन गरेको कुखुरा जुम्ला, कालिकोट, मुगु, जाजरकोट तथा दैलेखका विभिन्न स्थानीय तहमा बिक्री गर्दै आएका थिए ।
स्थानीय जातको कुखुरा उत्पादन गर्ने भन्दै स्थानीय तहले समेत ब्रोइलर कुखुरा उत्पादन र बिक्री वितरणमा रोक लगाएपछि आफु समस्यामा परेको उनले बताए । ‘भगवती गाउँपालिकामा मात्रै १२ सय कुखुरा उत्पादन गरेको छु, उनले भने । उनि जस्तै दैलेखका अधिकाँश कुखुरा पालक व्यवसायीहरु कुखुरा बिक्री नहुँदा समस्यामा परेका छन् । जीउँदो ब्रोइलर प्रतिकेजी दुई सयमा पनि बिक्री हुन नसकोको यहाँका किसानहरु बताउँछन् । पीडित किसानहले राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया