स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान


दैलेख चैत्र ४ गते : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर एक लाख ३७ हजारभन्दा बढीले ज्यान गुमाइसके । नेपालमा संक्रमितको संख्या १६ जना पुगिसकेको छ । संक्रमणको जोखिमको डरले नेपालमा पनि विगत २३ दिनदेखि लकडाउन गरिएको छ । लकडाउनको अवस्थामा सबैजना होम क्वारेन्टाइनमा छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीनै तहका सरकार लागि परेका छन् । यस्तो अवस्थामा दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले स्थानीय तहहरुलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र एकिकृत जलस्रोत व्यवस्थापन परियोजना हेल्भेटास नेपालको आर्थीक सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरिएको सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।
जिल्लाको नौमूले गाउँपालिका, दुल्लु नगरपालिका र भगवतीमाई गाउँपालिकालाई सामग्री प्रदान गरिएको उनले बताए । ज्वरो नाप्ने थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), सेनीटाइजर, मास्क, हात धुने साबुन, कोरोनाबाट बच्ने उपाएहरुबारे प्रचार सामग्री लगाएतका सामग्री प्रदान गरिएको बताईएको छ ।

प्रतिक्रिया