डीसीए नेपालद्धारा ६५ लाख बराबरको राहत सहयोग

डीसीए नेपालद्धारा ६५ लाख बराबरको राहत सहयोग

काठमाडौं वैशाख ५ गते : डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालले स्थानीय संस्थाको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामग्रीको वितरण गरेको छ। कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १५ सय ६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामग्री वितरण गरेको छ। 

विभिन्न पालिकाको समन्वयमा क्वारेन्टाइनका लागि १४० बेड बनाउन पुग्ने सामग्री, ५७ पीपीई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाइजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १०६२० सावुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको छ। 

यी सबै सामग्री आवश्यकता अनुसार विभिन्न समुदाय, क्वारेन्टाइन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्याइसकेको पालिकाहरुले जनाएका छन्। ‘हामीले सरकारले तोकेको एकद्वार प्रणालीमार्फत नै सबै सामग्री पालिकालाई हस्तान्तरण गरेका हौं’, डीसीए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण म्यानेजर, दिनेश गुरुङले भने।

डिसिएले थप सहयोगका लागि पालिकासँग समन्वय भइरहेको बताएको छ। ‘महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपील गरे अनुसारनै उहाँहरुले सहयोग गरिरहनुभएको छ,’ दैलेख जिल्लाको आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले भने। राहत तथा स्वास्थ्य सामग्रीका साथै डीसीए नेपालले  स्थानीय रेडियोसँग सहकार्य गर्दै साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आएको छ। 

प्रतिक्रिया