घरबाटै बेपत्ता युवती एक महिनापछि भेटिइन्

घरबाटै बेपत्ता युवती एक महिनापछि भेटिइन्

दैलेखमा भेटिएकी युवतीलाई परिवारको जिम्मा लगाईँदै । तस्विर : ज्वाला सन्देश

दैलेख वैशाख ६ गते
बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित बानीयावार जोगीगाउँ निवासी २३ बर्षीया एक युवती बेपत्ता भएको एक महिना पछि भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले उनलाई यहाँको लोहोरे खोला नजिकै एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो । उनि गत चैत्र १ गते आफ्नै घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । उनि घरबाटै हराएपछि परिवारले खोजतलास समेत गरेका थिए । परिवारले नभेटेपछि उनलाई दैलेख प्रहरीले चैत्र ४ गते फेला पारेको हो ।
उनलाई दुई दिनसम्म दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८, महिला बालबालिका सेवा केन्द्रमा आवासीय सुविधा सहित संरक्षणमा राखिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । शनिवार बर्दियामा रहेका उनका बुबा, श्रीमान र मामा लगाएत आफन्त दैलेख बोलाएर उनलाई परिवारको जिम्मा लगाईएको छ । परिवारसँगको छलफल पश्चात उनलाई परिवारको जिम्मा लगाईएको संयोजक श्रेष्ठले बताइन् ।
संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा, जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेलका प्रतिनीधि लगाएतको उपस्थितीमा ती युवतीलाई परिवारको जिम्मा लगाईएको हो । बर्दियाबाट ती युवतीलाई लिन आएका उनका बुबा, श्रीमान, मामा लगाएत पाँच जनालाई शुक्रवार दैलेखको नारायण नगरपालिका स्थित नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको बताईएको छ ।

प्रतिक्रिया