नेविसंघ आठबीसद्धारा दश हजार नगर विपद कोषमा जम्मा, सर्जिकल ग्लोब्स हस्तान्तरण

नेविसंघ आठबीसद्धारा दश हजार नगर विपद कोषमा जम्मा, सर्जिकल ग्लोब्स हस्तान्तरण

दैलेख वैशाख ७ गते । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समितिले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार आठबीस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद रु दश हजार जम्मा गरेको छ । नगरमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भन्दै समितिले ४५० थान ग्लोब्स पनि हस्तान्तरण गरिएको संयोजक नगेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘कोरोना भाइरसको महामारीबाट जोगिन सबैको सहकार्य आवश्यक छ । नगरपालिकामा आफ्नो ज्यानको जोखिम सहदै रातदिन नभनी नगरबासीको सेवामा तल्लीन हुनुहुने स्वास्थकर्मी, सुरक्षाकर्मी र राहत ब्यबस्थापन समितिलाई टेवा पुगोस भनेर हामीले ४ सय ५० जोडा ग्लोब्स उपलब्ध गराएका छौं ।’ उनले भने, ‘आठविस नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा नगद रु १० हजार हस्तान्तरण गरि नेपाल विद्यार्थी संघको स्थापना दिवस मनाएका हौं ।’
उनले कार्यक्रम सफल पार्नकालागि युनियन लाईफ इन्श्योरेन्सका राकमकर्णाली शाखा प्रमुख निशा थापाले पाँच हजार रुपैंया, नेपाली काँग्रेस वडा नं. ५ का सभापति नैन बहादुर शाहीले ४ सय ५० जोडा ग्लोब्सहरु उपलब्ध गराएको उनको भनाई थियो । अन्य पाँच हजार जति सहयोग विद्यार्थीहरुले गरेको  संयोजक शाहीले बताए ।

प्रतिक्रिया