कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख दिइने

कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख दिइने

दैलेख ,वैशाख ७ गते । दैलेखको आठबीस नगरपालिकाले कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा ५ लाख रुपैयाँ आर्थिक सहायता दिने निणर्य गरेको छ । नगरपालिकाले लकडाउन अवधीभर करारमा कार्यरत स्वास्थ्यकर्मी बिरामी परे ५० प्रतिशत उपचार खर्च बेहोर्ने तथा मृत्यु भएमा एकमुष्ठ पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निणर्य गरेको हो । नगर कार्यपालिकाको बैठकले उक्त निर्णय लिएको आठबीस नगरका मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

साथै नगरपालिका अन्तरगतका सबै स्वास्थ्यकर्मीलाई लकडाउन अवधिभर अतिरिक्त सेवासुविधा पनि उपलब्ध गराउने मेयर उपाध्यायले बताए । उनका अनुसार अन्य सेवासूविधाका अतिरिक्त स्थायी कर्मचारीको हकमा कार्यरतलाई सुरुवाती तलब स्केलको ५० प्रतिशत र करारमा कार्यरत कर्मचारीको हकमा सम्झौतामा उल्लेख तलबमानको ५० प्रतिशत रकम प्रोत्साहन स्वरुप मासिक रुपमा उपलब्ध गराइने छ । 

प्रतिक्रिया