सांसद पार्वती बिशुन्केको पहलमा लकडाउनले समस्यामा परेकाहरुलाई राहत

          |   प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७     ::: 130 पटक पढिएको   |  

दैलेख वैशाख ७ गते ।
ज्याला मजदुरी गर्न, उपचार गर्न र काम विशेषले दैलेखबाट काठमाडौं पुगेर लकडाउनका कारण त्यहाँ खान बस्नको असुविधा भोगिरहेका दैलेखीहरुलाई प्रतिनिधिसभा साँसद पार्वती बिशुन्केले काठमाण्डौंमा राहत सहयोग जुटाएकी छिन् । रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी, सचिव नारायण अधिकारी र सदस्य नवराज अधिकारी सहितको आर्थिक सहयोगमा काठमाडौंको भक्त्तपुर, गठ्ठाघर, सिंनाहामंगल र ललितपुरका गरी ५७ जनालाई चामल, दाल, नुन र तेल राहत हस्तान्तरण गरिएको सांसद बिशुन्केले जानकारी दिइन् ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा परी संकटमा पर्नु भएका जिल्लाबासीहरुलाई मानवीयता र जनप्रतिनिधि हुनुको नाताले व्यक्तिगत र अरु सहयोगी हातहरुको समन्वयमा उक्त राहत वितरण गरिएको साँसद बिशुन्केले बताइन् । राहत वितरण कार्यक्रममा पूर्व सांसद विनोदकुमार शाह, दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी लगायतको उपस्थिति थियो । खाद्यन्न पाएपछि गुराँस गाउँपालिका–३ खड्कबाडाका कर्णबहादुर बिकले भने ‘पराई ठाउँमा अप्ठ्यारोको बेला भेटेको र गरेको सहयोग ठूलै लाग्दो रहेछ ।’



Leave a comment

Your email address will not be published.


*